प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
माघ २०८०
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-२६

काठमाण्डौ, २६ माघ    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।  प्रहरी अतिरिक्त माहानिरीक्षक थापाले भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा बल प्रयोगका सिद्दान्त (Principle of use of force) अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न साथै नेपाल प्रहरी आम नागरिकहरूसँग प्रत्यक्ष रुपमा जोडिने हुदा प्रहरी कर्मचारीहरुले हरेक समय व्यवसायिक तवरले बोली, वचन र व्यवहारका साथ अति उत्कृष्‍ट तवरले प्रहरी कार्य गर्न समेत निर्देशन दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरीद्वारा सम्पादित गरिने काम कारवाहीबारे जानकारी लिनु भएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-२५

काठमाण्डौ, २५ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट बिहिबार नेपाल प्रहरी पहरा गण, सामाखुशी तथा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।     नेपाल प्रहरी पहरा गण, सामाखुशीको शाखाहरू निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाल प्रहरी पहरा गण सामाखुशीबाट नेपालका विभिन्न महत्वपूर्ण धार्मिक स्थानहरु, ऐतिहासिक मठ मन्दिर, प्रतिष्ठान तथा विदेशी कुटनैतिक नियोग र राजदुतावासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकाले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले बोली, वचन र व्यवहारका साथ अति उत्कृष्‍ट तवरले प्रहरी कार्य गर्न निर्देशन दिनु भयो ।     साथै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जका शाखाहरुको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जबाट काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।प्रहरी अतिरिक्त माहानिरीक्षक थापाले भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा बल प्रयोगका सिद्दान्त (Principle of use of force) अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।  आधुनिक समयमा काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी तालीममा प्राविधिक ज्ञान प्रदान गर्नु पर्ने बताउँदै तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न निर्देशन दिनु भयो ।   निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरीद्वारा सम्पादित गरिने काम कारवाहीबारे जानकारी लिनु भएको थियो ।

काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र जडान भईरहेका सिसिटिभि क्यामेराको अवलोकन कार्यक्रम सम्पन्न
२०८०-१०-२३

काठमाण्डौ, २३ माघ मिति २०८० साल १ महिना १२ गते काठमाण्डौ महानगरपालिकाको सहयोगमा रु. ६,००,००,०००/- (अक्षरेपी छ करोड) को सम्झौता-पत्र (Memorandum of Understanding, MoU) मा हस्ताक्षर सम्पन्न भई सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान कार्य भईरहेका सिसिटिभि क्यामेराको आज मिति २०८०/१०/२३ गते काठमाण्डौ महानगरपालिकाको उप-प्रमुख सुनिता डंगोल, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, महानगरपालिकाका अन्य पदाधिकारीहरु र प्रहरी बरिष्ठ उपरीक्षकहरुद्वारा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।

बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र जडान सम्पन्न भएका सिसिटिभि क्यामेरा समुद्‍घाटन कार्यक्रम सम्पन्न
२०८०-१०-२१

काठमाण्डौ, २१ माघसुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिका बीच उक्त नगरपालिका क्षेत्र भित्र  विभिन्न स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने अभिप्रायले मिति २०८० साल १ महिना १२ गते बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा रकम रु. ५,००,००,०००/- (अक्षरेपी पाँच करोड) मा सम्झौता-पत्र Memorandum of Understanding (MoU) सम्पन्न भएकोमा सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान गरिएका सिसिटिभि क्यामेराको आज समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार आयोजित एक कार्यक्रम बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री मिठाराम अधिकारीले संयुक्त रुपमा सिसिटिभिको समुद्‍घाटन गर्नुभयो ।  उक्त योजना अन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग-चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा ७ PTZ सहित १७४ FIX सिसिटिभि क्यामेरा गरी जम्मा १८१ थान Artificial Intelligence (AI) मा आधारित सिसिटिभि क्यामेराहरु जडान गरिएका छन् ।कार्यक्रममा बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ इलाकामा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनु भयो । प्रथम चरणको सिसिटिभि जडान कार्यक्रमको सफलतापूर्वक समाप्‍ति पश्‍चात पुन: द्वितीय चरणमा समेत सहयोग उपलव्ध गराइने उहाँले जानकारी गराउनु भयो ।कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘सुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठ इलाकामा जडति सिसिटिभि क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाण्डौ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु, वडा अध्यक्षहरु लगायतका पदाधिकारीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१९

काठमाण्डौ, १९ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट शुक्रबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “जिव्रोको गरिमा मिठो बोलीमा” व्यवहारमा अवलम्वन गर्दै मुस्कान सहितको नागरिक मैत्री सेवा प्रदान गरी उच्च व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो   ।     सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायको ध्यान पुग्ने मानव अधिकारको प्रत्याभूति दिलाउदै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।      साथै, प्र.अ.म.नि. थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक नियन्त्रण गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात सि.सि.टि.भि. मनिटरिङ्को सहायताले समेत सफल अनुसन्धान तथा कार्वाही गरिएको वताउदै आउदा दिनहरुमा समेत विभिन्न तालुक  निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, प्रहरी वरिष्ठ उपरीक्षक द्वय राजेन्द्र प्रसाद भट्ट र दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।  

प्र.अ.म.नि. दिपक थापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१७

काठमाण्डौ, १७ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको  निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अतिसंवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी सुक्ष्मरुपमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।       विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको गरिमा समेत अभिबृद्धि गर्ने हुँदा मानव अधिकारको संरक्षणका साथै नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।      प्र.अ.म.नि. थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य नागरिकदेखि अति विशिष्ठ व्यक्तिसम्म साथै आपराधिक मनसाय भएका स्वदेशी/विदेशी नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले संभावित खतराको मूल्याङ्कन (Threat Assessment) गरी सोही बमोजिम सुरक्षा योजना (Operational Plan) बनाई विभिन्न निकायसँग समन्वय गरी उच्च मनोवलका साथ प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

महिला वालवालिका तथा जेष्ठ नागरिक उपर हुने अपराध न्यूनिकरण सम्बन्धमा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१५

काठमाण्डौ, १४ माघ मिति २०८०-१०-१४ गते  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमुख आतिथ्यतामा मातहत कार्यालयहरुका महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र खोजतलास समन्वय शाखाहरूमा कार्यरत प्रहरी कर्मचारीहरुलाई महिला वालवालिका सम्बन्धी अपराधका सम्बन्धमा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्र.ना.म.नि. सिंहले महिला तथा वालवालिकासँग सम्बन्धित विषय अझ बढी सम्बेदनशिल हुने भएकाले उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरुले जिम्मेवारीपूर्ण तवरले प्रहरी कार्य गर्न निर्देशन दिनुभयो ।आपराधिक कार्यमा संलग्न व्यक्तिहरुले महिला तथा वालवालिकाहरुलाई वेपत्ता बनाई विभिन्न गैह्र कानूनी कार्यमा लगाउने गरेको पाइएको हुनाले खोज तथा उद्दार गरी प्रहरीको रोहबरमा आउँदा निजहरु विभिन्न मनोवैज्ञानिक समस्याबाट ग्रस्त देखिने गरेकाले अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीले असल व्यवहार गरी मानवीय सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।नेपाल प्रहरीले ‘महिला वालवालिकाका तथा जेष्ठ नागरिक’ उपर हुने अपराधका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अपराध न्यूनिकरण तथा रोकथाम गरेकोमा ‘सुरक्षित उपत्यका हाम्रो प्रतिवद्दता’ अभियानलाई प्रभावकारी बनाउन यस्ता प्रकारका Proactive Policing कार्यले समाजमा घटना कम गर्न सकिने भएकाले तदारुकताका साथ कार्य गर्न निर्देशन दिनु भयो । कार्यक्रममा प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-१०-०९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍ललितपुर,९ माघ            महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपालचोक  ईन्द्रावती नगरपालिका-९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ ।             कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका  संचालक  राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो ।       उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१०-०२

 काठमाण्डौ, ०२ माघ तालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।०९।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ को २ क (ख) बमोजिम पदोन्नति हुनु भएका प्रहरी निरीक्षक रमानन्द चौधरीलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज मंगलबार आयोजित एक कार्यक्रमकाबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
२०८०-१०-०२

काठमाण्डौ, १ माघ हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाण्डौ कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाण्डौ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् ।काठमाण्डौ महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाण्डौ महाबौद्धबाट पक्राउ गरेको हो । भिमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<